सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शम्भु सदा मृत्युका सम्बन्धमा न्यायिक छानबिन गर्न कांग्रेसको माग

शम्भु सदा मृत्युका सम्बन्धमा न्यायिक छानबिन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले धनुषाका सबैला नगरपालिका १२ रघुनाथपुरका शम्भु सदा (मुसहर) को शंकास्पद मृत्युका सम्बन्धमा न्यायिक छानबिन गर्न माग गरेको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले धनुषाका सबैला नगरपालिका १२ रघुनाथपुरका शम्भु सदा (मुसहर) को शंकास्पद मृत्युका सम्बन्धमा न्यायिक छानबिन गर्न माग गरेको छ।

कांग्रेसले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको हाे।

सदाको शव केही दिनअघि प्रहरी हिरासतमा रहेका बेला झुन्डिएको अवस्थामा फेला परेको थियो।

यस्तै भारतबाट रोजगारी फर्किएका धनुषाको सहिद नगरपालिका ८ का वीरेन्द्र यादवको खान नपाएर मृत्यु भएको सम्बन्धमा पनि कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, 'लकडाउनको अवस्थामा सिमानामा सरकारले खाने, बस्ने र गुणस्तरीय क्वारेन्टिनको व्यवस्था नगरेका कारण अनाहकमा नागरिकले मृत्युवरण गर्नुपर्ने जटिल परिस्थितिप्रति सिर्जना भएको उक्त घटनाप्रति कांग्रेसको ध्यानाकर्षण भएको छ।'

प्रकाशित: Jun 18, 2020| 15:20 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।