सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमसीसी देशको हितमा भएकोले सम्झौता गरेको हुँ : पूर्व अर्थमन्त्री कार्की

एमसीसी देशको हितमा भएकोले सम्झौता गरेको हुँ : पूर्व अर्थमन्त्री कार्की

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देशको हितमा भएकाले आफूले सम्झौता गरेको बताएका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देशको हितमा भएकाले आफूले सम्झौता गरेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले आफूले देशको हितलाई ध्यानमा राखेर सम्झौता गरेको भन्दै सम्झौता संसदबाट पारित हुनुपर्ने बताए।

उनले भने, ‘एमसीसी नेपालका लागि गेम चेन्जर प्रोजेक्ट हो, यो परियोजनामा विश्वका ५० भन्दा बढी देशहरु सहभागी भइसकेका छन् अर्को कुरा यो पूर्णतया नेपालको पक्षमा छ र यसका लागि धेरैले योगदान गरेका छन्। त्यसैले एमसीसीको प्रयोग नेपालले पूर्ण रुपमा गर्नुपर्छ। मैले नै अमेरिकामा गएर २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हुँ।’

उनका अनुसार एमसीसीको विषयमा सत्तारुढ दलकै सांसदले भ्रम फैलाएका छन्।

एमसीसीमा उल्लेख गरिएका विभिन्न आयोजनाको ठेक्का प्रक्रिया ग्लोबल टेन्डरबाट हुने र ती आयोजनाले नेपालको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरणका लागि ठूलो योगदान पुग्ने बताउँदै उनले भने, ‘यो सम्झौता नेपालको संविधानभन्दा माथि छैन र अमेरिकी सेना नेपालमा आउने भन्ने कुरा पनि निराधार हो।’

प्रकाशित: Jun 18, 2020| 15:12 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्