सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले फेरि दोहोर्‍याए– नेपालीको राम्रो प्रतिरोधी क्षमताका कारण कोरोनाबाट कम मृत्यु

प्रधानमन्त्रीले फेरि दोहोर्‍याए– नेपालीको राम्रो प्रतिरोधी क्षमताका कारण कोरोनाबाट कम मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढी रहेको पुनः दोहोर्‍याएका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढी रहेको पुनः दोहोर्‍याएका छन्।

राम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी उनले गरे।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भएको बताउँदै तर उनीहरुमध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको तर्क गरे।

अरु कारणले मृत्यु भएकाहरुमा पनि कोरोना संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डका कारण २० जनाको संख्या पुगेको उनको भनाइ थियो। उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

२० जनाको मृत्यु पनि अरु धेरै देशको भन्दा कम भएको प्रधानमन्त्री ओलीले बताए।

हिमालयको चिसो पानी र जडिबुटी पर्याप्त खाएका कारण नेपालीहरुको रोग प्रतिरोधी क्षमता राम्रो भएको प्रधानमन्त्री ओलीले बारम्बार बताउने गरेका छन्।

प्रकाशित: Jun 18, 2020| 14:26 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।