सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिन नियुक्तिको विरोधमा आइओएममा अनेरास्ववियुको तालाबन्दी

डिन नियुक्तिको विरोधमा आइओएममा अनेरास्ववियुको तालाबन्दी

त्रिभुवन विश्वविद्यालयको चिकित्सा संस्थान (आइओएम) मा बरिष्ठता मिचेर डिन नियुक्ति गरिएको भन्दै सत्तारुढ दल निकटकै विद्यार्थी संगठनले तालाबन्दी गरेको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको चिकित्सा संस्थान (आइओएम) मा बरिष्ठता मिचेर डिन नियुक्ति गरिएको भन्दै सत्तारुढ दल निकटकै विद्यार्थी संगठनले तालाबन्दी गरेको छ।

यस्तो निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिवि आइओएमको कार्यालयमा गरेको हो।

बुधबार मात्र त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या शाहलाई डिन बनाउने निर्णय गरेको थियो।

बरिष्ठता र कार्यक्षमताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. शाहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए। आफूहरुको यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको समेत उनले दाबी गरे।

बरिष्ठता र कार्यक्षमताका आधारमा डिन नियुक्त हुनुपर्ने माग यसअघि नै कर्मचारी संगठन, नेपाल विद्यार्थी संगठनले गदै आएका थिए।

प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सक भएकै कारण बरिष्ठताको क्रम मिचेर डीन पद प्रधानमन्त्रीको हात रहेको विद्यार्थी संगठनको आरोप छ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको आन्दोलन र त्यसपछि कायम भएको बरिष्ठताको आधारमा डीन छान्ने पद्धति मिचिएको भन्दै निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने पंगेनीले बताएका छन्।

बुधबार त्रिवि कार्यकारी परिषदको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्रा.डा. शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको हो। सो कमिटीले प्रा.डा. प्रदीप बैद्य, प्रा.डा. साह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

गत २२ जेठमा प्रा.डा. जगदीश अग्रवाल डीनबाट अवकाश पाएपछि सो पद रिक्त थियो।

प्रकाशित: Jun 18, 2020| 14:25 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।