सोमबार, भदौ ८, २०८३

कपिलवस्तुमा थप १६ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- कपिलवस्तुमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ६७३ पुगेको छ।

थपिएका संक्रमितमध्ये शिवराज नगरपालिका वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ७ का दुई पुरुष र वडा नम्बर ९ का तीन पुरुष र एक महिला गरि सात जना छन्। वडा नम्बर ७ का थपिएका संक्रमितमध्ये एक तीन महिने शिशु छन् भने अर्का ९ वर्षीय बालक छन्।

यस्तै, मायादेवी गाउँपालिका वडा नम्बर १ का पाँच पुरुष र एक महिला, वडा नम्बर २ का एक पुरुष र वडा नमबर ८ का एक पुरुष गरी आठ जना छन्। वाणगंगा नगरपालिका वडा नम्बर २ का एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ।

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परिक्षण गरिएको हो।

प्रकाशित: Jun 18, 2020| 13:56 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।