काठमाडौं- काठमाडाैंस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ता लगायतका नियमित कन्सुलर सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने जनाएकाे छ।
अमेरिका र अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशनहरूले सुझाउने अवस्थाअनुरुपको परिस्थिति भएपछि मात्रै सामान्य सेवा सुरु गरिने दूतावासले जनाएको छ।
दूतावासले बिहीबार विज्ञप्तिमार्फत भनेको छ, 'यी निर्णयहरू भिन्न समय र परिस्थितिअनुसार लिइने भएकाले हाललाई यी सेवा नियमित हुने निश्चित मिति प्रदान गर्न हामी असमर्थ छौं, र तत्कालै नियमित भिसा सेवा सुरु गर्न नसकिने स्पष्ट व्यहोरा पनि अनुरोध छ।'
दूतावासले लकडाउनसँगै सम्पूर्ण सेवा बन्द गरेकाे थियाे।