सोमबार, भदौ ८, २०८३

प्रदेश १ का ४० जना संक्रमणमुक्त, मन्त्रीले गरे विदाइ

प्रदेश १ बाट बिहीबार ४० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

प्रदेश १ बाट बिहीबार ४० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन । प्रदेश १ मा धेरै संख्यामा डिस्चार्ज भएको पहिलो पटक हो ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना छन् । उनीहरु १५ देखि ४७ वर्ष उमेरका पुरुष छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरुलाई बिहीबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ लगायतले विदाइ गरे ।

डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिए । प्रदेश १ मा ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ । संक्रमितको संख्या ४१६ छ ।

संक्रमितमध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन् ।

प्रकाशित: Jun 18, 2020| 13:29 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।