सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

संविधान संशोधन विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसम्म पारित भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडाैं- संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसम्म पारित भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्। मतदानमा ५७ जना सहभागी थिए। सबैले पक्षमा मतदान गरेका थिए। ५८ सदस्यीय सभामा अध्यक्ष तिमिल्सिनाले अध्यक्षता गरिरहेका कारण मतदान गरेनन्। 

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल भएको थियो।

उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो।

अब संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ। त्यसपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन्। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निशान छाप प्रयोगमा आउनेछ।

प्रकाशित: Jun 18, 2020| 13:10 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।