मंगलबार, जेठ ५, २०८३

महमा हुन्छ औषधीय गुण, जानीराख्नुस् खाने तरिका

वयस्क मानिसको लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइदाजनक हुन्छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं– मह शरीरको लागि निकै उपयोगी छ। मेडिकल न्यूज टूडे डटकमका अनुसार एक वर्ष मुनीका बालबालिकालाई मह सेवन गराउनु हुँदैन। वयस्क मानिसको लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइदाजनक हुन्छ।

National life

तौल नियन्त्रणको गर्न लागि बिहान तातोपानीमा कागती र मह मिलाएर खानुपर्छ। त्यस्तै बेलुका सुत्नुभन्दा एक घण्टा अघि दूधमा मह मिसाएर खाँदा थकान कम हुने, तनाव नियन्त्रण हुने र मिठो निन्द्रा लाग्ने हुन्छ।

महमा चिनीको मात्रा प्रशस्त हुने भएकोले चिनी प्रयोग गर्ने खानेकुरामा पनि यसको प्रयोग गर्न सकिन्छ। शुद्ध महमा पाइने चिनीले शरीरलाई कुनै हानी गर्दैन।

१. मह चिसो र रुघाखोकीबाट बचाउने अचुक औषधि हो। चिसो लागेको समयमा तातोपानीमा मह मिलाएर सेवन गर्न सकिन्छ।

२. महको नियमित सेवनले तनाव, कमजोरी र अनिद्राको समस्या समाधान गर्छ।

३. महले पखाला रोक्ने काम पनि गर्छ।

४. दूध र मह मिसाएर पिउँदा पाचन प्रणालीमा पनि फाइदा पुग्छ। यसले कब्जीयतको समस्या नियन्त्रण गर्छ।

५. हड्डी बलियो बनाउन पनि यसले ठूलो फाइदा पु¥याउँछ। हड्डी दुख्न थालेमा यसको सेवन गर्नु फाइदाजनक हुन्छ ।

६. तातोपानीमा अदुवा र मह मिलाएर खाँदा खोकी सञ्चो हुन्छ।

७. मह छालाको लागि पनि निकै फाइदाजनक छ। यसको नियमित सेवनले छाला मुलायम र नरम हुन्छ। बुढ्यौली पनि पर धकेल्छ।

८. महले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ।

९. महले शरीरमा रगतको कमी पनि हुन दिंदैन।

प्रकाशित: Jun 18, 2020| 13:08 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्