शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स‌ंयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत निर्वाचित

स‌ंयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत निर्वाचित

संयुक्त राष्ट्र संंघ सुरक्षा परिषदमा भारत आठौं पटक अस्थायी सदस्य चुनिएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- संयुक्त राष्ट्र संंघ सुरक्षा परिषदमा भारत आठौं पटक अस्थायी सदस्य चुनिएको छ। भारतसँगै मेक्सिको, आयरल्याण्ड र नर्वे पनि अस्थायी सदस्य चयन भएका छन्।

National life

अस्थायी सदस्यको कार्यकाल दुई वर्षको हुने गर्छ। सुरक्षा परिषदमा अस्थायी सिटका लागि भएको निर्वाचनमा संयुक्त राष्ट्र संघ महासभामा मतदान गरेका १९२ देशमध्ये १८४ देशले भारतको पक्षमा मतदान गरेका हुन्। 

भारत २०२१–२२ कार्यकालका लागि एसिया प्रशान्त श्रेणीबाट गैर–स्थायी सिटका लागि उम्मेदवार थियो ।

भारतको उम्मेदवारीलाई नेपाल, चीन, पाकिस्तान सहित ५५ सदस्यीय एशिया–प्रशान्त समूहले अघिल्लो वर्ष जूनमा सर्वसम्मतिले समर्थन गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ट्विट गर्दै भारतले वैश्विक शान्ति र निष्पक्षतालाई बढावा दिनका लागि सबै देशसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Laxmi sunrise bank
kumari

संयुक्त राष्ट्र महासभामा प्रत्येक वर्ष दुई वर्षको कार्यकालका लागि कुल १० मध्ये पाँच अस्थायी सदस्यको निर्वाचन गर्छ। यि १० अस्थायी सिट क्षेत्रीय आधारमा वितरण हुन्छन्। पाँच सिट अफ्रिका र एसियाली देशका लागि, एक पूर्वी युरोपेली देश, दुई ल्याटिन अमेरिका र क्यारेबियन देशका लागि तथा दुई पश्चिम युरोपेली र अन्य देशका लागि वितरण गरिन्छ।

भारतसँगै आयरल्याण्ड, मेक्सिको र नर्वे पनि वुधबार भएको निर्वाचनबाट सुरक्षा परिषदको अस्थायी सदस्य चयन भएका छन्। क्यानडा भने निर्वाचनमा पराजित भएको छ।

सुरक्षा परिषदमा पाँच स्थायी सदस्य र १० अस्थायी सदस्य हुन्छन्। स्थायी सदस्य राष्ट्रहरु चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका हुन्।

प्रकाशित: Jun 18, 2020| 12:35 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।