सोमबार, भदौ ८, २०८३

सुनको भाउ स्थिर, तोलाको ८९ हजार ८००

सुनको भाउ आज (बिहीबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- सुनको भाउ आज (बिहीबार) स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको छ। बुधबार पनि सोही मूल्य कायम गरिएको थियो।

तेजाबी सुनको मूल्य पनि घटबढ भएको छैन। महासंघका अनुसार तेजाबी सुन प्रतितोला ८९ हजार ३३५ रुपैयाँमा कारोवार भइरहेको छ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गत जेठ २४ यता सुनको मूल्यमा दिनहुँजसो रेकर्ड कायम भइरहेको छ। उक्त दिन ८७ हजार ४०० रुपैयाँ निर्धारण भएको प्रतितोला छापावाल सुनको मूल्य त्यसयता दुई हजार ४०० रुपैयाँ बढिसकेको छ।

प्रकाशित: Jun 18, 2020| 12:23 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्