सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई वर्षीया बालिकासहित एकै दिन अछाममा थपिए २९ कोरोना संक्रमित

दुई वर्षीया बालिकासहित एकै दिन अछाममा थपिए २९ कोरोना संक्रमित

दुई वर्षीया बालिकासहित अछाममा एकै दिन २९ कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

दुई वर्षीया बालिकासहित अछाममा एकै दिन २९ कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरुमा २३ जना मेल्लेख गाउँपालिकाको र ६ जना साँफेबगर नगरपालिका–११ देवीस्थानका रहेका छन्।

जनस्वास्थ्य अधिकृत झनक ढुंगानाका अनुसार मेल्लेखमा थपिएका संक्रमितहरुमा दुई वर्षीया बालिकासहित १२, २७, ३६, ३०, ३१, २१, २१, २५, १५, २०, २५, २४, २७, २३ र ३२ बर्षका पुरुष छन्।

यस्तै मेल्लेखकै ४५, २५, २६, २४, २४, २८ र २३ बर्षकी महिलामा संक्रमण पुष्टि भएको छ। देवीस्थानका १९, २०, २२, २६ बर्षका पुरुष तथा २३ र २६ बर्षकी महिलालाई कोरोना संक्रमिण पुष्टि भएको छ।

मेल्लेखमा बिहीबार थपिएका २३ र बुधबार थपिएका दुई जना सबै वडा नम्बर ४ कुस्कोटका रहेको गाउँपालिका अध्यक्ष लोगबहादुर बोहोराले जानकार दिए।

यस अघि जेठ १० गते धनगढीमा दुई बाबु छोरीमा कोरोना संक्रमण उनीहरुसँगै आएकाहरुको पीसीआर जाँच गरिएको थियो। त्यसमध्ये सात जनालाई संक्रमण भेटिएको थियो।

सात जनाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी धनगढी हुँदै टेकुमा पठाउँदा एक सय १७ जना मध्ये ३० जनाको रिपोर्ट आउँदा २५ जनामा संक्रमण भेटिएको बोहोराले जानकारी दिए।

यस अघि संक्रमण भेटिएका सात जना जिल्ला अस्पताल मंगलसेनमा उपचार पछि घर फर्किसकेका छन्।

नयाँ थपिएका संक्रमित कसैलाई पनि लक्षण नदेखिएकाले गाउँकै बासुकी माविमा आइसोलेसन कक्ष निर्माण गरेर उपचार गरिने बोहोराले जानकारी दिए।

ढुंगानाका अनुसार नयाँ संक्रमण भेटिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्।

क्वारेन्टिनमा बसेकाहरु सबैको आरडिटी परीक्षण गर्दै पोजेटिभ आए पीसीआर टेस्ट गर्ने र नेगेटिभ आए १४ दिन पछि घर पठाउने गरिएको ढुंगानाले जानकारी दिए।

पछिल्लो समय अछाममा भारतबाट करिव ११ हजार मानिसहरु फर्किएको र त्यस मध्ये करिव आठ हजार अझैँ क्वारेन्टिनमा रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ।

प्रकाशित: Jun 18, 2020| 12:14 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।