सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट पौने ६ लाख मानिसको मृत्यु भइसकेको बीबीसीको दाबी

कोरोनाबाट पौने ६ लाख मानिसको मृत्यु भइसकेको बीबीसीको दाबी

कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक रुपमा सार्वजनिक भएको भन्दा १ लाख ३० हजार बढी रहेको बीबीसीले दाबी गरेको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक रुपमा सार्वजनिक भएको भन्दा १ लाख ३० हजार बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले दाबी गरेको छ।

कोरोनाका कारण विश्वभर ४ लाख ४४ हजारको मृत्यु भएको आधिकारिक तथ्यांकमाथि खोज गर्दा यो तथ्य फेला परेको हो।

योभन्दा १ लाख ३० हजार बढीको मृत्यु कोरोनाका कारण भएको बीबीसीको दाबी छ। यो तथ्यांक २७ देशको महामारीको सुरुवातताकाको तथ्यांकमा आधारित भएको बताइएको छ।

कोरोना भाइरसबाट भएको मानवीय क्षति सरकारी निकायहरुले बताएको भन्दा निकै बढी भएको बीबीसीको समाचारमा उल्लेख छ।

बीबीसीको अध्ययनअनुसार कोरोना भाइरसबाट विश्वभर करिब ५ लाख ७५ हजारको मृत्यु भइसकेको छ।

प्रकाशित: Jun 18, 2020| 12:03 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।