सोमबार, भदौ ८, २०८३

कैलालीको लम्की अस्पताल अनिश्चितकालका लागि बन्द

कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।

उपचारपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम बढेको भन्दै अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको हो।

अस्पतालले आज (बिहीबार) एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ।

अस्पतालमा उपचार गरि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज रेफर गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको मंगलबार मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो।

अस्पतालमा उपचार गरि रेफर गरिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको सूचनामा उल्लेख छ।

ती महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी एवं कर्मचारीको परीक्षण नगर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले परीक्षण गरी नतिजा नआउन्जेलसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द रहने अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 18, 2020| 11:22 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।