सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुने

संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुने

संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुने सम्भावना छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुने सम्भावना छ।

संसद सचिावलयका अनुसार आजको राष्ट्रिय सभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ।

विधेयक माथि छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले प्रस्ताव पेस गर्नेछिन्।

विधेयकमाथि राष्ट्रिय सभामा संशोधन परेको छैन। संशोधन प्रस्ताव नपरे पनि निर्णयार्थ पेस गर्दा मत विभाजन हुनेछ।

राष्ट्रियसभामा ५८ सदस्य छन्। संविधान संशोधन विधेयक पारित हुन दुई तिहाई मत चाहिन्छ।

राष्ट्रिय सभाकाे बैठक ११ बजे बस्दै छ।

प्रकाशित: Jun 18, 2020| 10:40 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।