सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा फेरि ३० जनामा काराेना पुष्टि, संक्रमितको संख्या ३ सय २४ पुग्यो

गण्डकी प्रदेशमा फेरि ३० जनामा काराेना पुष्टि, संक्रमितको संख्या ३ सय २४ पुग्यो

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा आज मात्रै संक्रमण पुष्टि हुनेको संख्या ७७ पुगेको छ ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

पोखरा- गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा आज मात्रै संक्रमण पुष्टि हुनेको संख्या ७७ पुगेको छ ।

यसअघि बिहान ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

बिहीबार थपिएका ३० जना संक्रमितहरुमध्ये नवलपरासी पूर्वका १३, स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, वाग्लुङका १ जना रहेको कोरोना रोगथाम तथा नियन्त्रण गण्डकीका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबैजना भारतबाट फर्किएको र सबैलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको उनले बताए । उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले जानकारी दिए ।

यसअघि आजै बिहान नवलपरासी पूर्वमा १८, तनहुँमा १२, गोरखामा ११, मनाङमा १ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: Jun 18, 2020| 09:35 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।