सोमबार, भदौ ८, २०८३

निकुञ्जमा निजी हात्ती चराउन रोक

चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने माग आइरहेको बेला निकुञ्जले ऐनविपरीत हुने स्पष्ट पारेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज ऐनमा अनुमतिबिना घरपालुवा जनावर र मानिस निकुञ्ज प्रवेश गर्न निषेध गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल अहिलेको निकुञ्ज ऐनले निजी हात्तीलाई निकुञ्ज प्रवेश गर्न नदिएको बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाका लागि उपयुक्त वासस्थान भएको भन्दै उनले घरपालुवा जनावरबाट रोग सर्न सक्ने र वन्यजन्तुको बासस्थानमा असर गर्ने भएकाले निजी हात्तीलगायतका जनावर निकुञ्ज प्रवेश गराउन नहुने बताए।

मध्यवर्तीमा आश्रित लाखौँ स्थानीयवासीका घरपालुवा जनावरसमेत निकुञ्ज छिर्न नपाउने बताउँदै उनले भने, “मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर पनि निकुञ्ज छिर्न पाउँदैनन्, त्यस्तै हात्तीलाई पनि यो नियम लागू हुन्छ ।” सौराहाका हात्ती आफूखुशी राप्ती किनारका क्षेत्रमा चराएको भन्ने जानकारी प्राप्त भएसँगै विभागले रोक लगाएपछि व्यवसायीले हात्ती पाल्न कठिन भएको जनाउँदै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले राप्ती किनारमा लकडाउनको समयमा केही समय घाँस पानीका लागि सहयोग गरेको भए पनि अब त्यो सम्भावना नरहेको बताए । उनले भने “साह्रोगाह्रोमा सहज बनाइदिएको हो, त्यो उहाँहरूको अधिकार होइन ।”

व्यापारका लागि व्यवसायीले हात्ती पालेकाले त्यसको व्यवस्थापनको जिम्मेवारी व्यवसायीकै भएको रुपाखेतीको भनाइ छ । लकडाउन नहुँदा स्थानीय सामुदायिक वनमा पर्यटक लिएर जाँदा चर्ने भए पनि अहिले त्यो बन्द भएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार सौराहामा ७० वटा निजी हात्ती छन् । ती हात्तीले स्थानीय कुमरोज, मृगकुञ्ज र बाघमारा सामुदायिक वनमा पर्यटक घुमाउने गर्दछन् ।

ती हात्तीमा घुमेबापत एक जना स्वदेशी पर्यटकले रु एक हजार २५० र विदेशीले दुई हजार २५० तिर्ने गर्दछन् । एउटा हात्तीमा चार जनासम्म यात्रा गर्न मिल्ने गर्दछ । व्यवसायीले पर्यटकलाई निकुञ्जमा घुमाएको भन्दै रकम लिएर सामुदायिक वनमा घुमाएको र बढी पैसा असुल गरेको गुनासो हुँदै आएको छ । पर्यटकले सामुदायिक वन घुमे पनि निकुञ्ज शुल्कबापत अतिरिक्त शुल्क तिर्नुपर्छ ।
रासस

प्रकाशित: Jun 18, 2020| 09:23 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।