बुधबार, चैत ११, २०८२

डेक्सामेथासोन कोरोनाका बिरामीलाई उपयोगी : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडोनहोमले कोभिड–१९ विरुद्धको लडाइँमा महत्वपूर्ण औषधिको रुपमा लिइएको डेक्सामेथासोन गम्भीर बिरामीका लागि लाभदायक भएको बताएका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडोनहोमले कोभिड–१९ विरुद्धको लडाइँमा महत्वपूर्ण औषधिको रुपमा लिइएको डेक्सामेथासोन गम्भीर बिरामीका लागि लाभदायक भएको बताएका छन्।

National life

उक्त औषधिले गम्भीर बिरामीको मृत्यु हुने जोखिम कम हुने अध्ययनबाट देखिएको उनको भनाइ छ ।

सस्तो र सजिलै उपलब्ध हुनसक्ने औषधि डेक्सामेथासोनले कोरोना भाइरस संक्रमणका गम्भीर बिरामीको ज्यान बचाउनमा सहयोग पुग्ने बेलायती
वैज्ञानिकहरुको दाबी छ।

अक्सफोर्ड विश्वविद्यालयका विशेषज्ञहरुका अनुसार यो स्टेरोइड औषधिको उपयोग कोरोनाविरुद्धको लडाइँमा ठूलो सफलताका रुपमा देखा परेको छ।

यसले भेन्टिलेटरमा रहेका बिरामी ८ जनामध्ये एक जना र अक्सिजन दिनुपर्ने २५ बिरामीमध्ये एक जनाको जीवन जोगाउने देखिएको हो।

Laxmi sunrise bank
kumari

अनुसन्धानकर्ताले सुरुमै यो औषधिले संक्रमितको ज्यान जोगाउनसक्ने बारे थाहा भैदिएको भए बेलायतमा मात्रै ५ हजार मानिसको ज्यान जोगिने थियो भन्ने उल्लेख गरेका छन्।

गरीब देशहरुमा पनि सहजै उपलब्ध यो औषधिले ठूलो संख्यामा संक्रमित रहेका देशमा ठूलो राहत पुग्ने अनुमान गरिएको छ।

डेक्सामेथासोन करिब ६० वर्ष अघिदेखि नै दम र रुमटोइड अर्थराइटिसजस्ता रोगको उपचारमा प्रयोग हुँदै आएको औषधि हो। यो खासै महँगो पनि छैन।

नेपालमा पनि यो औषधि सहज र सुलभ रूपमा उपलब्ध छ।

कोरोना भाइरसका औषधि अझै अनुसन्धानको क्रममा रहेकाले यो परीक्षणको परिमाणलाई तत्कालै सार्वजनिक गरिएको अनुसन्धानकर्ताले जनाएका छन्।

कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको अवस्थामा उक्त जोखिमलाई यो औषधिले एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत् यो औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।

अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड(१९ का बिरामीहरूलाई फाइदा पुर्याउने देखिएको छ। रुसमा र जापानमा व्यापक प्रयोग गरिएको रेम्डेसिभिरले कोभिड १९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिए पनि मृत्युदर घटेको बलियो प्रमाण भने देखिएको छैन।

फेरि, रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित छ ।

कोरोना संक्रमणका करिब २० मध्ये १९ विरामी अस्पताल नगएरै निको हुने देखिएको छ। जो संक्रमित अस्पताल भर्ना हुन्छन् उनीहरुमध्ये अधिकांश सजिलै निको हुन्छन्। तर, केही संक्रमितलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता पर्छ। डेक्सामेथासोन यस्तै अधिक जोखिम भएको विरामीको उपचारमा सहयोग हुने बताइएको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले अस्पतालमा भर्ना भएका करिब दुई हजार विरामीमा यो औषधि प्रयोग गरेर यसको तुलनात्मक अध्ययन औषधि नदिइएका ४ हजार विरामीसँग गरेको थियो।

यो औषधिले भेन्टिलेटरमा रहेका विरामीमा मृत्युको जोखिम ४० प्रतिशतसम्म क मगर्ने र अक्सिजन लिइरहेका विरामीमा २५ प्रतिशतसम्म कम हुने अनुसन्धान टोलीको दाबी छ।

यद्यपि, लक्षण नभएका वा हल्का लक्षण भएका विरामीमा भने यो औषधिले कुनै सहयोग नगर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Jun 18, 2020| 06:51 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्