सोमबार, भदौ ८, २०८३

मनाङसहित गण्डकीका ४ जिल्लामा थपिए ४२ संक्रमित

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी पूर्वका १८, तनहुँका १२, गोरखाका ११, मनाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

पोखरा- मनाङसहित गण्डकी प्रदेशमा चार जिल्लामा थप ४२ जनामात्रंकोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी पूर्वका १८, तनहुँका १२, गोरखाका ११, मनाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा नवलपरासी पूर्वको मध्यविन्दू नगरपालिकाका १९ देखि ३९ वर्ष समुहका १७ जना पुरुष रहेका छन् । यस्तै गैडाकोट नगरपालिकाका एक जना पुरुष छन् ।

तनहुँमा थपिएका संक्रमितहरुमध्ये ऋषिङ गाउँपालिकाका ७ पुरुष, भानु नगरपालिका ४ पुरुष र शुक्लागण्डकी नगरपालिकाका एक जना पुरुष रहेका छन् ।
गोरखामा थपिएका संक्रमितमध्ये पालुङटार नगरपालिकाका ६ पुरुष र एक महिला छन् भने शहिदलखन गाउँपलिकाका ४ जना छन् ।

नवलपरासी पूर्व, तनहुँ र गोरखाका संक्रमित सबैजना भारतबाट आएका हुन् । मनाङका संक्रमित भने कपिलवस्तुबाट गएको खुलेको छ ।

बिहीबार एकाबिहानै ४२ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

प्रकाशित: Jun 18, 2020| 06:31 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।