भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। मंगलबार उनको कोरोना परीक्षण गरिएको थियो। तर, रिपोर्ट नेगेटिभ आयो।
रिपोर्ट नेगेटिभ आए पनि उनमा कोरोनाको लक्षण देखिएकाले पुनः परीक्षण गरिएको थियो। पुनः परीक्षणमा रिपोर्ट पोेजेटिभ आएको हो।
बीबीसी