सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी कक्ष पुनः सिल गरिएको छ ।
उपचारका लागि अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएका तीन जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि इमरजेन्सी कक्ष सिल गरिएको हो।
विरामीहरुमा संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मी सेल्फ आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडलका अनुसार इमरेजन्सी कक्षमा भर्ना भएका दैलेखका दुई र सुर्खेतका एक जनामा कोरोना पोजेटिभ देखिएपछि इमरजेन्सी कक्ष सिल गर्नुपरेको हो ।
संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मीहरु सेल्फ आइसोलेसनमा बसेको डाक्टर पौडेलले जानकारी दिए।
संक्रमितहरु तीन दिनदेखि आइसीयु, इमरजेन्सी वार्डमा उपचाररत छन् । यसअघि जेठ २८ गते पनि २४ घण्टासम्म इमरजेन्सी कक्ष बन्द गरिएको थियो ।