सोमबार, भदौ ८, २०८३

आइओएमको डीनमा डा दिव्या सिंह शाह नियुक्त

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा  डा दिव्या सिंह शाह  नियुक्ति भएकी छिन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं-  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा डा दिव्या सिंह शाह  नियुक्ति भएकी छिन्।

त्रिवि कार्यकारी परिषदको आजको बैठकले शिक्षण अस्पताल महाराजगञ्जकी मिर्गौला विभाग प्रमुख एवम् प्रधानमन्त्री केपी ओलीकी चिकित्सक समेत रहेकी शाहलाई संस्थानको डीन नियुक्त गरेको हो।

प्राडा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डीन पद रिक्त भएको थियो।

नयाँ डीन सिफारिस गर्न प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सोमबार डा प्रदीप बैद्य, डा दिव्यासिंह शाह र डा उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो।

जेठ २३ गते डा ज्ञवालीको संयोजकत्वमा गठित कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य थिए।

प्रकाशित: Jun 17, 2020| 21:00 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।