सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित भेटिँदा अस्पताल नै सिल गर्ने परिपाटी गलत : जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमित भेटिँदा अस्पताल नै सिल गर्ने परिपाटी गलत : जनस्वास्थ्य विज्ञ

जनस्वास्थ्य विज्ञ प्राध्यापक डा. मधु दीक्षित देवकोटाले सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि निर्माण गरिएका गाइडलाईनहरुलाई पुर्नविचार गर्नुपर्ने बताएकी छिन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- जनस्वास्थ्य विज्ञ प्राध्यापक डा. मधु दीक्षित देवकोटाले सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि निर्माण गरिएका गाइडलाईनहरुलाई पुर्नविचार गर्नुपर्ने बताएकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा दीक्षितले पछिल्लो समय संक्रमणको अवस्था झनै बढ्दै गएकाले विज्ञहरुको सल्लाह लिँदै सहकार्य गर्नुपर्ने सुझाव दिइन्।

कोरोनाको संक्रमण बढ्दै जाँदा अस्पतालहरु सिल गर्ने प्रवृति गलत भएको भन्दै डा. उनले अस्पताल निर्मलीकरणको नाममा अस्पताल बन्द गर्न नहुने टिप्पणी गरिन्।

मिडिया ब्रिफिङमा ‘पोजेटिभ केस’ को जानकारीभन्दा पनि उनीहरुको अवस्था कस्तो छ? कन्ट्रयाक ट्रेसको अवस्था कस्तो छ ?

कति जनामा कोरोनाको स्रोत पत्ता लाग्यो ? कतिमा लागेन लगायतका विषयलाई विश्लेषण गरिदिँदा हरेक व्यक्तिले आफ्नो भूमिका के हुन सक्छ ? कसरी सचेत हुने भन्ने विषयमा ध्यान दिन सक्ने उनको सुझाब छ।

कोरोना रोकथाम तथा नियन्त्रणमा कसरी तयार हुने ?

कोरोनाका शंकास्पद विरामीहरु राख्नको लागि निर्माण गरिएका क्वारेन्टिनहरुको गुणस्तरको बारेमा धेरै प्रश्नहरु उठेका छन्।

क्वारेन्टिनका ठाउँहरु तोकिएका छन्। सुरक्षाको दृष्टिकोणले कस्तो छ ? मानिसहरुलाई कसरी व्यवस्थापन गरिएको छ ? स्रोत साधनहरुका विषयमा प्रश्न उठेको छ। जबकी सरकारको क्वारेन्टिन मापदण्ड तोकेको छ, तर त्यो अनुसारको कार्यान्वय नहुँदा त्यो गाइडलाईन स्थानीय तहहरुमा पुगेको छैन कि भन्ने देखिन्छ।

के कारणले यस्तो भएको छ ? किनकि क्वारेन्टिनमै मानिसहरु असुरक्षित महसुस गर्छ भने त्यो लज्जास्पद कुरा हो। त्यसैले मापदण्डलाई ध्यान दिन आवश्यक छ। मापदण्ड लागू गर्न उच्चस्तरीय निकायले निरीक्षण गर्ने गर्नुपर्छ।

अर्को कुरा हाम्रो समाजमा कोरोना संक्रमितहरुलाई हेर्ने दृष्टिकोण फरक छ। अस्पतालबाट कोरोनामुक्त भएर घरमा पठाउँदा पनि परिवार र समुदायले स्वीकार गर्नसक्ने अवस्था छैन। यो एकदमै लज्जास्पद कुरा हो। त्यस्तै शव अन्त्येस्टीका लागि देखिएका कुराहरु झनै लज्जास्पद छन्। यस्ता कुरालाई ‘रिभिजीट’ गर्नुपर्छ। किनकी शवबाट कोरोना सर्दैन। अस्पतालका चिकित्सकले नै काम गर्न गाह्रो भयो भन्ने अवस्था आएको छ, यो विषयमा पनि सोच विचार हुनुपर्छ।

कोरोना कहिलेसम्म रहन्छ निश्चित छैन। मानिसहरु आवश्यकभन्दा बढी त्रसित छन्। अस्पतालमा कुनै संक्रमित देखिएमा अस्पताल नै सिल हुने अवस्था छ, अस्पताल निर्मलीकरणको लागि बन्द गरिन्छ। निर्मलीकरण अस्पतालको निरन्तरको प्रकृया हो यसको लागि अस्पताल बन्द गर्नु आवश्यक होइन।

त्यस्तै स्वास्थ्यकर्मीको हकमा सबै अस्पतालले स्वास्थ्यकर्मीलाई राख्न सम्भव नहुन सक्छ। त्यस्ता कुरालाई एकपटक पुनर्विचार गर्नुपर्ने हुन्छ।

दुई-तीन महिना अगाडि बनेका गाइडलाईनलाई परिवर्तन गरि समयसापेक्ष बनाउन आवश्यक छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ मन्त्रालयले एक पटक भनेको आधारमा स्वास्थयकर्मी तथा अन्य यन्त्र उपकरणहरु परिचालन गर्न सकिन्छ। हामी नियन्त्रण तथा रोकथाममा सक्षम छौँ भन्ने माहोल बनाउनुपर्छ।

मन्त्रालयले योजना तथा नीति निर्माणमा विज्ञहरुलाई परिचालन गर्नुपर्छ। विज्ञहरुले अवसर नपाएको गुनासो गरेका छन्। विज्ञहरु पनि अन्योलको अवस्थामा छन्, भोलि कोरोना संक्रमित भएमा के गर्ने भन्ने कुरा स्पष्ट छैन।

समाजको भूमिका के हो ? सरकारको के हो ? अन्य निकायको भुमिका के हो भन्ने स्पष्ट छैन। त्यसैले महामारीको समयमा भएका पूर्वाधारलाई परिचालन गर्नुपर्छ। मन्त्रालयले विज्ञहरुको सल्लाह लिएर नीति निर्माण गर्न आवश्यक छ। बनेका गाइडलाइनलाई कसरी कार्यान्वायन गर्ने ? के कुरामा पुनर्विचार गर्नुपर्छ त्यो गरौँ त्यसमा मन्त्रालयललाई विज्ञहरुको सधैँ सहयोग रहनेछ।

अझै संक्रमण बढिरहेको छ, यो समयमा लकडाउन खुकुलो बनाउनुपर्ने बाध्यता छ, लकडाउन खुकुलो भएसँगै सम्भावित खतराहरु के के छन् त ? त्यसको निक्र्यौल पहिला गर्नुपर्छ।

प्रकाशित: Jun 17, 2020| 19:13 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।