शनिबार, फागुन ३०, २०८२

सैनिकको बलिदान त्यत्तिकै खेर जान दिन्नौं : मोदी

भारत र चीनको सेनाबीच लद्दाखको गलवानमा भएको भिडन्तको करिब ३६ घण्टापछि भारत सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- भारत र चीनको सेनाबीच लद्दाखको गलवानमा भएको भिडन्तको करिब ३६ घण्टापछि भारत सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छ।

National life

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, सैनिक जवानको बलिदान त्यत्तिकै खेर जाँदैन। देशको सम्प्रभुता सर्वोच्च कुरा हो। देशको रक्षा गर्न हामीलाई कसैले पनि अवरोध गर्न सक्दैन। यसबारे कसैलाई पनि भ्रम वा सन्देह आवश्यक छैन।

प्रधानमन्त्री मोदीले भारत सधैं शान्तिका पक्षमा रहेको बताए। उनले भारतलाई कसले उक्साइएमा यथोचित जबाफ दिन सक्षम रहेको पनि बताए। मोदीले भने, हाम्रा दिंवगत सहिद वीर जवानप्रति हामी गर्व गर्छौं, जसले मार्दामार्दै मृत्यु वरण गरेका छन्।

बैठकमा दिंवगत सैनिकप्रति दुई मिनेट मौन धारण गरिएको थियो। लद्दाखमा सोमबार चिनियाँ सेनासँग भएको भिडन्तमा भारतीय एक सैनिक अधिकारीसहित २० सैनिकको ज्यान गएको थियो।

'सहादतप्रति भारत आभारी रहनेछ'

Laxmi sunrise bank
kumari

गृहमन्त्री अमित शाहले चिनियाँ सेनासँगको भिडन्तमा मारिएका सैनिकप्रति सधैं आभारी रहने बताएका छन्। उनले भनेका छन्, म त्यो परिवारलाई नमन गर्दछु, जसले देशको सेनाका लागि यस्ता वीर सपूत दिए। उनले चीन र भारतको सीमामा सहिद भएका परिवारप्रति सरकार र देश साथमा रहेको बताएका छन्।

यस्तै रक्षामन्त्री राजनाथ सिंहले पनि लद्दाखमा चिनियाँ सेनासँग भिडन्त गरेर भारतीय सेनाले उच्च साहस र वीरता प्रदर्शन गरेको बताएका छन्। उनले भनेका छन्, हाम्रा सेनाले साहस र वीरता प्रदर्शन गरेर भारतीय सेनाको सर्वोच्च परम्परालाई कायम राखेर आफ्नो जीवन बलिदान दिएका छन्। देशले उनीहरुको बहादुरी र बलिदानी कहिल्यै भुल्ने छैन।

मोदीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन १९ अर्थात् आगामी शुक्रबार सर्वदलीय बैठक डाकेका छन्। बैठकमा चीन र भारतबीचको बढ्दो तनावबारे छलफल हुने बताइएको छ।

 

प्रकाशित: Jun 17, 2020| 19:00 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।