सोमबार, भदौ ८, २०८३

आज थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

आज (बुधबार) देशभर ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- आज (बुधबार) देशभर ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये सबैभन्दा धेरै महोत्तरीमा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटमा १२७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

यस्तै प्युठानका ३८ जना, बर्दियाका ३१ जना तथा गुल्मीका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सल्यानका २५ जना, धनुषाका २२ जना, नवलपरासी पूर्वका १७ जना, कालिकोटका १४ जना, अर्घखाँचीका १२ जना, कपिलबस्तुका १० जना, मोरङका ९ जना तथा दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका अनुसार रुपन्देही, बारा र कञ्चनपुरका ७-७ जना, सर्लाहीका ६ जना, उदयपुर र धनुषाका ४-४ जना तथा पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेत, दैलेख र झापका २-२ जना सिराहा तथा कैलाली र बाँकेका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jun 17, 2020| 17:12 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।