सोमबार, भदौ ८, २०८३

अर्काको नाममा जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा

आफ्नै नाथथर भएको अर्कै महिलाका नाममा जागिर खाने एक महिलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- आफ्नै नाथथर भएको अर्कै महिलाका नाममा जागिर खाने एक महिलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
कञ्चनपुरको कृष्णपुरस्थित राष्ट्रिय मावि पहरियामा कार्यरत बिस्नाकुमारी साउदविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले शिक्षक सेवा आयोग भक्तपुरको अस्थायी करार सूचीमा नाम रहेकी अर्की बिस्ना साउदको नाउँमा एक बर्षदेखि अस्थायी सूचीको शिक्षक भई जागिर खाइरहेको खुलेको अख्तियारले जनाएको छ।

कृष्णपुर नगरपालिका–१ पहरियाकी बिस्नाकुमारी साउद (ना.प्र.नं. १००३÷१९१६९ कञ्चनपुर) ले शुक्लाफाँटा नगरपालिका–६ की बिस्नाकुमारी साउद (ना.प्र.नं.७४१०१२ डडेलधुरा) का नाममा जागिर खाइरहेको अख्तियारले जनाएको छ।

यस्तै नागार्जुन नगरपालिका काठमाडौंमा प्राविधिक सहायक (नासु) पदमा कार्यरत भुवन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

गिरीले नियुक्ति हुँदा एसएलसीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी रामकोट गाविसमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।

सोही शैक्षिक प्रमाणपत्रका आधारमा नायब सुब्बासरहको पदमा बढुवासमेत लिएको अख्तियारले जनाएको छ।

प्रकाशित: Jun 17, 2020| 16:15 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।