सोमबार, भदौ ८, २०८३

अहँ उसलाई धोकेबाज नभन

धैर्य गर मित्र, उसलाई धोकेबाज भनेर सम्बोधन नगर
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

धैर्य गर मित्र,
उसलाई धोकेबाज भनेर सम्बोधन नगर

आज उसले छोडेर गई
जुनी जुनीका लागि खाएका कसम तोडेर गई
उसले तिम्रो माया मारिसकी,
अरुलाई नै जालमा पारिसकी
उसले सबै थोक लिएर गई,
हो, तिमीलाई धोका दिएर गई

तर,
अहँ तिमी उसलाई धोकेबाज नभन
उसको सुहागलाई,
मेरी प्रेमिका लुट्यो नभन ।
अहँ उसलाई धोकेबाज नभन

आज तिम्री प्रेमिकाले जसलाई अँगाली,
उसले पनि हिजो धोका खाएको थियो,
उसकी पनि एक थिई जसले छोडेर गएकी थिई,
हिँड्दाहिँड्दै बाटो मोडेर गएकी थिई,
उ त्यो भन्दा सक्षमको खोजीमा गई,
आज तिम्री प्रेमिका जसरी तिमीबाट अलप भई,

उसले पनि त्यतिखेर धोकेबाज भनेन,
त्यसैले तिमी पनि धोकेबाज भन्न हतार नगर ।।

तिमी जब एक दिन सफल हुनेछौँ,
तिम्रा लागि पनि कोही यसरी नै आउनेछन्,
तिम्रो हात समाउन,
तिमी सँगसँगै रमाउन,
तिम्रा सफलताहरुको गीत गाउन,
तिम्रा उत्कृष्टताको फेहरिस्त लाउन,
तिम्रो नाम, सम्मान र सम्पत्तिका लागि मात्र होइन,
तिमीसँगै सारथी बनेर जीवन बिताउन
पक्कै भोलि कोही न कोही आउनेछन्,

तिम्री प्रेमिकाले जस्तै कसैलाई धोका दिएर ।।

त्यसैले मित्र,
धैर्य गर, उसलाई धोकेबाज नभन ।।

उसको सुहागले अर्कैबाट हिजो धोका पायो,
तिमीले ऊबाट आज धोका खायौ,
तिम्रो सफलताले भोलि अर्को युवाले धोका पाउनेछ,
एउटा मनले फेरि गिलास टक्र्याउने छ ।

यो त प्रक्रिया हो,
रीत हो पृथ्वीको,
यहाँ पुस्तौँदेखि, सदियौँदेखि,
कोही जानाजान, कोही अन्जानमा,
कोही पुण्यका लागि कोही, मनोरञ्जनमा,
धोका दिने, धोका खाने, धोका पिउने र धोकासँग जिउने ।
चलिरहेको छ, एउटा प्रणाली
त्यो भत्काउन मिल्दैन,
त्यसैले तिमीले उसलाई धोकेबाज भन्न मिल्दैन ।।

सायद यहाँ,
तिमीजस्ता पुरुषहरू सफल हुँदैनथे भने
अहँ,
कुनै अर्को युवाले,
कुनै अर्को पुरुषले,
कुनै अर्को माया गर्ने मनले,
पटक्कै धोका खाने थिएन ।

त्यसैले त मित्र
समान उमेर प्रेम
प्रेममै सीमित हुन्छ
जीवन हुदैन ।
हो,
त्यसैले उसलाई धोकेबाज नभन,
यो प्रक्रिया हो, रीत हो तिमी अबुझ नबन ।।

-विरेन्द्रनगर-११, सुर्खेत

प्रकाशित: Jun 17, 2020| 15:51 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।