काठमाडौं- मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो।
यसअघि गत सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ कायम थियो।
तेजावी सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ३३५ रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेर ९३० कायम भएको छ।