सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजीगत लाभकरलाई नै अन्तिम लाभकर मान्न बोर्डको आग्रह

पुँजीगत लाभकरलाई नै अन्तिम लाभकर मान्न बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गरी पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गरी पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ ।

कतिपय कर कार्यालयहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गरे पनि कतिपय कर कार्यालयहरुले पुँजीगत लाभकरलाई अन्तिम कर मान्न अस्वीकार गरी कर चुक्ताको प्रमाणपत्र नदिँदा समस्या उत्पन्न भएको थियो ।

कर कार्यालयहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै आइरहेका थिए । पुँजीगत लाभकरको व्यवस्थाबारे स्पष्ट पार्न जरुरी रहेको भन्दै बोर्डले विज्ञप्ति जारी गरेको हो ।

धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्था गर्न माग गर्दै आएका थिए।

प्रकाशित: Jun 17, 2020| 14:41 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्