बुधबार, चैत ११, २०८२

कोभिड-१९ अस्पतालहरु नै मापदण्डअनुसार नभएको परिषदको प्रतिवेदन

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड– १९ को उपचारको लागि सरकारबाट तोकिएका अस्पतालहरुमा मापदण्ड नपुगेको निष्कर्ष निकालेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड– १९ को उपचारको लागि सरकारबाट तोकिएका अस्पतालहरुमा मापदण्ड नपुगेको निष्कर्ष निकालेको छ।

National life

परिषदले अनुगमन/अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा कोरोना संक्रमितको उपचारका लागि तोकिएका ३० वटा अस्पतालमध्ये १२ वटामा मापदण्ड अनुसारको पीपीई सेट नभएको, नौ वटामा एम्बुलेन्स सेवा नभएको उल्लेख छ। जबकी सरकार आफैंले तयार पारेको मापदण्ड अनुसार क्वारेन्टिनमा समेत एम्बुलेन्स सेवा अनिवार्य गरिएको छ।

त्यस्तै १० वटा अस्पतालमा आईसीयू बेड छैनन् भने ७ वटा अस्पतालमा मात्रै कोभिड–१९ का बिरामीले इमर्जेन्सी सेवा लिनसक्छन्। प्रतिवेदनले १७ वटामात्र अस्पतालमा कुल ९८ वटा भेन्टिलेटर चालू अवस्थामा रहेको उल्लेख गरेको छ ।

परिषदको प्रतिवेदनले कोभिड—१९ का गम्भीर बिरामीको उपचार गर्ने जनशक्ति पनि कम रहेको देखाएको छ।

रिर्पोट अनुसार २० प्रतिशत अस्पतालमा मात्र आईसीयू स्पेसलिष्ट भएको देखाएको छ भने ३० प्रतिशत अस्पतालमा छाती रोग विशेषज्ञ छन्।
यस्तै, १६.७ प्रतिशत अस्पतालमा संक्रामक रोग विशेषज्ञ छन् भने ७६.७ प्रतिशत अस्पतालमा मात्र एनेस्थेसिया विशेषज्ञ छन्।

Laxmi sunrise bank
kumari

त्यसैगरी ८३.३ प्रतिशत अस्पतालमा जनरल प्राक्टिस्नर तथा इमर्जेन्सी मेडिसिनका चिकित्सक छन्।

तोकिएका कोभिड—१९ अस्पतालमध्ये ४६.७ प्रतिशत अस्पतालका नर्सले आइसोलेसन वार्डमा उपचारका लागि तालिम लिएका छन् ।

त्यस्तै ३० प्रतिशत अस्पतालमा कोभिडको परीक्षण गर्ने व्यवस्था छैन । ब्लड बैंको व्यवस्था ३६ प्रतिशत अस्पतामा मात्र छ । १३ वटा अस्पतालका स्वास्थ्यकर्मीलाई मात्र कोभिड—१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ।

प्रकाशित: Jun 16, 2020| 18:05 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्