प्रदेश १ मा ५ जनामात्र कोरोना संक्रमित थपिए
सुनसरीको इटहरीका १ र कोशी गाउँपालिकाका १ पुरुष, झापाको भद्रपुरका २ पुरुष र पाँचथरको फिदिममा एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५ जना थपिएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
प्रदेश १ बाट १ सय ७४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आजसम्म १६ हजार ३ सय ६९ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १४ हजार ७ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १५ हजार ८ सय ४ जनाको आरडिटी गरिएको छ ।