बुधबार, चैत ११, २०८२

कोरोनाको उपचारमा औलोको औषधि प्रयोग गर्न रोक

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।

National life

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आएका थिए। राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

स्वयं अमेरिकी वैज्ञानिकहरु पनि राष्ट्रपति ट्रम्पको सल्लाहमाथि विश्वस्त हुन सकेका थिएनन् ।

अमेरिकाको शक्तिशाली नियामक निकाय अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन प्रभावकारी नदेखिएको जनाएको छ । यी औषधिको सेवन गर्दा मानिसको मुटुमा समस्या देखिएको प्रतिवेदन प्राप्त भएको भन्दै एफडीएले कोरोना संक्रमित व्यक्तिलाई यी औषधिले केही राहत दिएपनि स्वास्थ्य जोखिम लिन नसकिने स्पष्ट गरेको छ ।

एफडीएले कोरोनाको उपचारमा प्रयोग भइरहेको अर्को औषधि रेमडेसिभरसँग हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन मिसाएर बिरामीलाई नदिन पनि चिकित्सकहरुलाई चेतावनी दिएको छ । एफडीएले औलोको औषधिले रेमडेसिभरको प्रभावकारीतामा पनि कमी ल्याउने बताएको छ ।

Laxmi sunrise bank
kumari

हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन औषधि सामान्यतया आर्थराइटिसका बिरामीको उपचारमा प्रयोग हुने गर्दछ । तर यी औषधिका केही खतरनाक नकारात्मक असरहरु पनि हुने गर्दछ । यस औषधिको सेवनबाट मुटुमा समस्या देखिनुका साथै रक्तचात निकै घट्ने तथा मांसपेशी वा स्नायू प्रणालीमा क्षति पुग्दछ ।

एफडीएले यी औषधिका ३९० जना प्रयोगकर्ताहरुबाट स्वास्थ्य जटिलता उत्पन्न भएको गुनासो प्राप्त भएको जनाएको छ । यीमध्ये पनि १०० जनाभन्दा बढीमा मुटुको गम्भीर समस्या उत्पन्न भएको थियो ।

कोरोना भाइरसको उपचारमा प्रयोग गर्नेगरी अमेरिकी संघीय निकायहरुमा रहेको ठूलो परिमाणको औलोको औषधि अब राज्य र स्थानीय तहमा वितरण गरिने छैन ।

बिहीबार अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच) को एक विज्ञ समूहले पनि अध्ययन प्रयोजन बाहेक आमरुपमा यो औषधि सेवनमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो ।
एफडीए र एनआइएच दुबैले कोरोनाभाइरसको उपचारमा यी औषधिको प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस फैलिन शुरु भएलगत्तै हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न सकिने भन्दै व्यापक वकालत गरेका थिए। राष्ट्रपति ट्रम्पको लगातारको प्रयासपछि धेरै अमेरिकी र विश्वका कतिपय मुलुकका नागरिकले औलोको औषधि खोजीखोजी सेवन गर्न थालेका थिए, जसका कारण बजारमा यी औषधिको अभाव समेत हुन थालेको थियो ।

केही अनुसन्धानले कोविड–१९ को उपचारमा औलोका औषधिहरु केही मात्रामा उपयोगी हुन सक्ने देखाएका थिए, तर ती त्यति विश्वासयोग्य थिएनन् । पछिल्लो समय ठूलो जनसमूहमा गरिएका अध्ययनहरुले औलोको औषधिले फाइदा भन्दा पनि बढी मानव स्वास्थ्यमा हानि गर्ने ठहर गरेका थिए ।
रासस

प्रकाशित: Jun 16, 2020| 14:41 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्