सोमबार, भदौ ८, २०८३

आइएमईको 'आइएमई घरमै १ लाख जितौं योजना'

आइएमई लिमिटेडले “आइएमई घरमै–१ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना सार्वजनिक गरेको छ ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

आइएमई लिमिटेडले “आइएमई घरमै–१ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना सार्वजनिक गरेको छ ।

कोभिड १९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सो योजना ल्याएको कम्पनीले जनाएको छ ।

रेमिट्यान्स लिन जाँदा कोभिड १९ को जोखिम बढ्ने हुँदा आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

सो योजना अन्तर्गत जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख प्रदान गरिनेछ ।

त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिने कम्पनीले जनाएको छ ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस दिइने कम्पनीले जनाएको छ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित: Jun 16, 2020| 14:13 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्