शनिबार, फागुन ३०, २०८२

भारत–चीन सीमामा झडप, भारतका तीन सैनिकको मृत्यु

भारत, लद्दाखको गलवान उपत्यका निकट सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको ज्यान गएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- भारत, लद्दाखको गलवान उपत्यका निकट सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको ज्यान गएको छ।

National life

भारतीय सेनाले जारी गरेको विज्ञप्ति अनुसार लद्दाखको सीमामा सोमबार राति दुई देशका सेनाबीच संंघर्ष हुँदा भारतीय सेनाका एक अधिकारी र दुई जवानको मृत्यु भएको छ।

विज्ञप्तिमा चिनियाँ सेनातर्फ पनि क्षति भएको उल्लेख छ।

यद्यपि, अहिलेसम्म चीन तर्फ कुनै हताहती वा घाइते भएको स्पष्ट जानकारी आएको छैन।

अहिले दुवै देशका वरिष्ठ सैन्य अधिकारी समस्या समाधानका लागि घटनास्थलमा बैठक गरिरहेको बताइएको छ।

Laxmi sunrise bank
kumari

पछिल्लो समय दुवै देशबीच लद्दाख सीमा क्षेत्रमा तनावपूर्ण स्थिति बनिरहेको थियो।

प्रकाशित: Jun 16, 2020| 14:00 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।