सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेश २ मा साढे ३३ अर्बको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता (पूर्णपाठसहित)

प्रदेश २ मा साढे ३३ अर्बको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता (पूर्णपाठसहित)

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विेजयकुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको बजेटमा चालूतर्फ रु. १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५.९५ प्रतिशत, पूँजीगततर्फ रु. १७ अर्ब ९८ करोड ८२ लाख अर्थात् ५३.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. १६ करोड अर्थात् ९.४८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आयतर्फ आन्तरिक स्रोतबाट रु. १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट अनुदान रु. १३ अर्ब ४० करोड ५९ हजार र नगद मौज्दात रु. छ अर्ब ९१ करोड २९ हजार विनियोजन गरिएको छ । अपुग रु. एक अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने अनुमान गरेको मन्त्री यादवले जानकारी दिए।

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु.दुई अर्ब ३५ करोड रकम विनियोजन गरेको छ भने विपद् व्यवस्थापनका लागि रु. पाँच करोड र कुपोषण न्यूनीकरणका लागि रु. दुई करोड विनियोजन गरिएको छ ।

यसैगरी ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिँदै २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि रु. ३० करोड ६४ लाख ७७ हजार र अन्य कार्यक्रमका लागि रु. २४ करोड ८६ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य शिक्षा, कृषि, सूचना प्रविधिमा जोड दिँदै सरकारले गुणस्तरीय शिक्षाका लागि रु दुई करोड विनियोजन गरेको छ । त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण गर्न, कृषि क्षेत्रलाई आधुनिकीकरण, पर्यटनलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।

यस्तो छ प्रदेश २ को बजेट

प्रकाशित: Jun 15, 2020| 21:22 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्