शुक्रबार, भदौ १९, २०८३

सरकारविरुद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला

सरकारविरुद्ध प्रदर्शनमा उत्रेका पाँच विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासनको निर्णय गरेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- सरकारविरुद्ध प्रदर्शनमा उत्रेका पाँच विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासनको निर्णय गरेको छ।

लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए।

माइतीघरबाट पक्राउ परेका ६ जनामध्ये एकजना नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने पाँच हजार जरिवाना मात्र गरिएको केसीले जानकारी दिए।

ईई–१७६४४१०’ राहदानी बाहक ४० वर्षीय महिला क्वीन लि, ‘ई–०६३६१०३६’ राहदानी बाहक २६ वर्षीय लिउ सु र ‘ई–१७३५४८९३’ राहदानी बाहक ३० वर्षीय यानन जिया गरी तीन चिनियाँ नागरिक पक्राउ परेका थिए।

यस्तै अस्ट्रेलियन नागरिक ‘सी–४–एन–१२१–जेडजेएम’ राहदानी बाहक २४ वर्षीय कलानी गाकोन, ‘५६१२७२२२२’ राहदानी बाहक ३२ वर्षीय अमेरिकी नागरिक स्टेफनी एन्थम्सन र ‘३४१३४०१४’ राहदानी बाहक ३१ वर्षीय नर्वेजियन महिला मरिता लेभरोद पक्राउ परेका थिए।

नर्वेजियन नागरिक मरिता लेभरोदलाई ५ हजार जरिवाना मात्रै गराइएको छ। बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ।

अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको केसीले जानकारी दिए।

 

सरकारविरुद्ध प्लाकार्डसहित प्रदर्शनमा सहभागी भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो।

प्रकाशित: Jun 15, 2020| 17:50 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।