एजेन्सी- लकडाउन खुकुलो पारिएसँगै बेलायतमा सोमबारदेखि पसलहरु खुलेका छन्। पसल खुल्नासाथ लण्डनमा लामो लामो लाइन देखिन थालेका छन्।
लकडाउन खुकुलो पारिएपछि बेलायतमा चिडिया घर तथा सफारी पार्कहरु पनि खुलेका छन्।
सोमबार केही मानिस चिडिया घर घुम्न पुगेका छन्।
बेलायतसँगै उता युरोपेली देशहरुमा पनि लकडाउन खुकुलो पारिएको छ। युरोपेली संघले युनियनभित्रका देशमा एक–अर्को देशभित्रको आवतजावत खोल्ने निर्णय गरेको छ।
सीमा क्षेत्रहरुमा परिचालन गरिएका प्रहरीलाई फर्काइएको छ।
जर्मनीले सोमबारदेखि विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाएको छ।
जर्मनीले अस्ट्रिया र डेनमार्कसहित ९ देशसँगको सीमा क्षेत्रमा राखेको चेकपोष्ट हटाउने निर्णय गरेको छ।
फ्रान्सले पनि युरोपभित्रका देशसँगको आवतजावत खोल्ने घोषणा गरेको छ।
त्यस्तै बेल्जियम, पोर्चुगल, ग्रीस तथा स्वीट्जरल्याण्डलगायतका देशले लगाएको यात्रा प्रतिबन्ध हटाएका छन्।
स्पेनले भने आगामी जुन २१ सम्म विदेशीहरुलाई आफ्नो देशमा आउने अनुमति दिएको छैन।