प्रदेश ५ सरकारले आगामी आवको बजेटमा भीम अस्पताल भैरहवालाई विशेष प्राथमिकता दिएको छ । सरकारले बजेटमा भीम अस्पताल भैरहवा र तुलसीपुर अस्पतालको लागि २१ करोड बिनियोजन गरेको छ ।
यसैगरी भीम अस्पतालले पाल्पा, रुकुम, रोल्पा र कपिलवस्तु जिल्ला अस्पताल सँगै पाउने १५ करोडमा पनि साझेदारी पाउने भएको छ । उक्त अस्पतालले रुकुमको जिल्ला अस्पताल र परासीको पृथ्बी चन्द्र अस्पतालसंगै छुट्टाएको बजेट २३ करोड मा पनि साझेदारी हुने मौका पाएको छ ।
यसैगरी जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा गरिने विकासमा पनि सहभागीता हुने अवसर पाएको छ ।
कोरोना विशेष अस्पतालको रुपमा उपचार भईरहको भीम अस्पताल भैरहवा प्रदेश सरकारको बजेट प्राथमिकतामा पर्दा ग्रामिण क्षेत्रमा त्यसले सकारात्मक सन्देश प्रवाह गरेको छ।
रुपन्देही, नवलपरासी र कपिलवस्तुका ग्रामिण क्षेत्रका जनताको उपचारको केन्द्रको रुपमा रहेको उक्त अस्पताल रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल पनि हो ।
स्वास्थ्य पूर्वाधार र विकासको लागि कोभिड १९ ले गम्भिर बनाएको अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बताए । उनले प्रस्तुत गरेको बजेटको स्वास्थ्य क्षेत्रमा स्थानिय तहको लागत सहभागितामा स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरिने पनि बताए ।
यसैगरी कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रण तथा उपाचार अस्पतालको लागि १ करोड बिनियोजन गरेको बताए । यसैगरी सडक दुर्घटनामा परेका व्यक्तिको उपचारको लागि लागि दाङमा ट्रमा सेन्टरकोलागि ५ करोड बिनियोजन गरेको छन् ।
यसैगरी राप्ती प्राविधिक स्वास्थ्य अस्पतालमा गंगालाल अस्पतालको सहकार्यमा मुटु रोगको उपचार शुरु गर्ने, नवजात शिसु उपचारकोलागि र क्यान्सर पीडितकोलागि विशेष उपचार कक्ष सन्चालन गर्ने बताए ।
प्रदेश सरकारले ८४ बर्ष पुगेका जेष्ठ नागरिकको लागि निःशुल्क उपचारको लागि १ करोड ५८ लाख बिनियोजन गरेको छ। यसैगरी विपन्न परिवारका लागि मृगौला डायलिससको लागि विशेष छुट गरेको छ । यसैगरी स्वास्थ्यकर्मिको दक्षता वृद्धिको लागि रुपन्देहीको देवदहमा विशेष स्वास्थ्य तालिम केन्द्र स्थापना गर्ने सरकारको घोषणा छ ।