शुक्रबार, भदौ १९, २०८३

राप्तीमा ट्याक्टर खस्दा २ जना बेपत्ता

राप्ती नदीमा ट्याक्टर खस्दा बाँकेका दुई जना बपत्ता भएका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- राप्ती नदीमा ट्याक्टर खस्दा बाँकेका दुई जना बपत्ता भएका छन्।

ना ७ त ५१८ नम्बरको ट्याक्टर राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा ट्याक्टर खसेको प्रहरीले जनाएको छ।

ट्याक्टर राप्तीपुलबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज कुलदीप चन्दले जानकारी दिए।

ट्याक्टर चालक सुनिल थारु र अर्का एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा रहेका तीनमध्ये ऋषि विक पौडिएर बाहिर आउन सफल भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर बेपत्ताको खोजी थालेका छन्।

प्रकाशित: Jun 15, 2020| 16:56 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।