शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘चौरजहारी घटनाको दिन वडाध्यक्षले गलत सूचना दिएर प्रहरीलाई अर्कोतर्फ पठाए’

‘चौरजहारी घटनाको दिन वडाध्यक्षले गलत सूचना दिएर प्रहरीलाई अर्कोतर्फ पठाए’

गृहमन्त्रालयले रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान लिने गरी भएको घटनाको दिन वडा अध्यक्षले नै प्रहरीलाई गलत सूचना दिएर गुमराहमा पारेको जनाएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- गृह मन्त्रालयले रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान लिने गरी भएको घटनाको दिन वडाध्यक्षले नै प्रहरीलाई गलत सूचना दिएर गुमराहमा पारेको जनाएको छ।

घटनाको २३ दिनपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले वडा नम्बर ८ का अध्यक्ष डम्बरबहादुर मल्लले लकडाउनको बेला गाउँ छिरेका युवाहरुलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिएको जनाएको छ।

‘अध्यक्ष मल्लले प्रहरीलाई गलत सूचना दिएर गुमराहमा पार्दै अर्कोतर्फ पठाएर घटना घटाएको देखिएको छ,’ मन्त्रायलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मल्लले थुप्रै गाउँलेलाई फोन गरेर बोलाएको खुलेको छ।’

मल्लले गाउँले चार जनालाई फोन गर्दै जाजरकोटबाट आएका युवाहरुलाई नियन्त्रणमा लिन उत्प्रेरित गराएको मन्त्रालयले जनाएको छ। साथै गोईरी औलका स्थानीयलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको मन्त्रालयले जनाएको छ।

गाउँलेहरुले चारैतिरबाट घेरेर घरेलु हतियार प्रयोग गर्दै नवराज विकसहितका ६ जना युवाको हत्या गरी भेरी नदीमा फालेको निष्कर्ष प्रहरीले निकालेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष मल्लसहित ३४ जनालाई प्रतिवादी बनाएर आइतबार अदालतमा मुद्दा हालेको छ। अहिले उक्त मुद्दाको थुनछेक बहस जारी छ।

प्रकाशित: Jun 15, 2020| 16:50 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।