शुक्रबार, भदौ १९, २०८३

लकडाउन खुकुलो, कार्यालयमा भीड, जोखिम कायमै

सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय सोमबारदेखि पूर्ण रुपमा खुलेका छन्। सडकमा पनि सवारी चाप बढेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- सरकारी कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ। गत चैत ११ गतेदेखि बन्दाबन्दीपछि आजमा धेरै कार्यालयहरु खुलेका हुन्। सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय सोमबारदेखि पूर्ण रुपमा खुलेका छन्। सडकमा पनि सवारी चाप बढेको छ।

कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम सुरु भएको छ।

सर्वोच्च अदालतसहित देशभरका अदालतमा बन्दाबन्दीको समयमा माहामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले केही सेवा विस्तार गरिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार बन्दाबन्दी नखुलेकाले कर्मचारीको आलोपालो प्रणालीबाट काम सुरु भएको छ । प्रवक्ता ढकालले भने, “कोरोना भाइरसको जोखिम पूर्ण रुपमा कम नभएकाले सावधानी अपनाएर काम गरिनेछ।”

बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा पनि खुलेका छन्। काठमाडौं उपत्यकाका टोलटोलका अधिकाशं सहकारी संस्था सञ्चालनमा आएका छन्। संस्था खुले पनि सेवाग्राही भने फाटफुट मात्रै आएका सहकारी सञ्चालकले बताएका छन्। वाणिज्य बैंक र विकास बैंक शाखामा भने सेवाग्राहीको भीड लागेको छ।

टेकुस्थित सवारी परीक्षण केन्दमा थोरै कर्मचारी भएकाले सबै जना कार्यालयमा उपस्थित छन्। १६ कार्यरतमध्ये दुई जना उपत्यकाबाहिर रहेकाले १४ जना कार्यालयमा उपस्थित भएको प्रमुख मणिराम भुसालले बताए। कार्यालयमा सबै कर्मचारी उपस्थित भए पनि आवश्यक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाइएको उनको भनाइ छ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले नियमित सेवा सञ्चालनको पहिलो दिन नै सेवाग्राहीको भीड लागेको बताए।

बन्दाबन्दीका समयमा पनि राहत वितरण, कोभिड–१९ को परीक्षणलगायतका काम भइरहेकाले सेवा दिइरहेको छ। उनले भने, 'भीडभाड भएकाले हामीले सकेसम्म दूरी कायम गरेर सेवा दिइरहेका छौँ।'

राष्ट्रिय मानवअधिकार आयोगले बन्दाबन्दीको समयमा पनि उजुरी दर्ता गर्ने र त्यसको सुनुवाइ गर्दै आएको थियो। आयोगका सचिव बेदप्रसाद भट्टराईले सबै कर्मचारी दुई सिफ्टमा कार्यालय आउन थालेको बताए।

उनले भने, 'अहिले पनि जोखिम पूर्णरुपमा कम नभएकाले आलोपालो प्रणालीमा काम गर्ने व्यवस्था मिलाइएको छ।'

सिंहदरबारमा बिहान ८ बजेदेखि नै चहलपहल थियो। सिंहदरबारको दक्षिण गेटस्थित प्रवेशद्वारमा दिउँसोसम्म भीड देखिएको छ। त्यहाँ खटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यकर्मीको टोलीले परीक्षण गराएर मात्रै सेवाग्राही प्रवेश गराएका छन्।-रासस

 

प्रकाशित: Jun 15, 2020| 16:50 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।