काठमाडौं- नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ। आजसम्म पीसीआर माध्यमबाट १ लाख ३८ हजार ६८३ नमुनाहरु परीक्षण गरिएको छ।
हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या १ हजार ४१ पुगेको छ। त्यसमध्ये महिला १०४ र पुरुष ९३७ जना छन्।