काठमाडौं- डोटीमा मिनीट्रक दुर्घटना हुँदा बाबु छोराको ज्यान गएको छ।
डोटीको बडिकेदार गाउँपालिका– ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा स्थानीय ४० वर्षीय डबल पुन मगर र उनका १३ वर्षीय छोरा धीरज को ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीलिपसिंह देउवाका अनुसार दुर्घटनामा स्थानीय ४० वर्षीय यज्ञराज जोशी र ५६ वर्षीय निलकण्ठ जोशी घाईते भएका छन्।
उनीहरु हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएकोछ । ट्रक चालक श्यामलाल चौधरी पनि सामान्य घाईते छन्।
घागलबाट धनगढीतर्फ जाँदै गरेको मिनि ट्रक सुनालेक नजिक अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल खसेको थियो ।