शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलि घर पठाउने तयारी गरिएका पुरुषको आज क्वारेन्टिनमा मृत्यु

भोलि घर पठाउने तयारी गरिएका पुरुषको आज क्वारेन्टिनमा मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ। १३ दिनअघि भारतबाट आएका वडा नम्बर ८ का ५० वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो।

क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको वडा अध्यक्ष चित्रबहादुर रेग्मीले जानकारी दिए।

अध्यक्ष रेग्मीका अनुसार मृतक पुरुष दीर्घ रोगी थिए। साथै २ वर्षअघिसम्म उनमा छयरोग थियो। बीचमा स्वस्थ भएपछि उनी रोजगारीका लागि भारत गएका थिए।

भारतबाट फर्किँदै गर्दा उनको टाउकोमा चोट लागेको र ५ वटा टाँका लगाएको अवस्थामा क्वारेन्टिनमा आइपुगेको अध्यक्ष रेग्मीले जानकारी दिए।

मृतक पुरुष बसेकै क्वारेन्टिनमा भारतबाट आईपुगेका अन्य १० जना पनि बस्दै आएका छन्।

भारतमा एकै ठाउँमा काम गरेका र गुर्भाकोटको वडा नम्बर ८ मा पनि एकै ठाउँमा घर भएका ११ जनामध्ये उनको मृत्यु भएपछि बाँकी १० जना अहिले सोही क्वारेन्टिमै बसिरहेका छन्। उनीहरु सबैलाई भोलि आरडीटी परीक्षण गरेर घर पठाउने तयारी भइरहेको थियो।

गुर्भाकोट नगरपालिकामा भारतबाट आएका झण्डै २ हजार नागरिक विभिन्न १९ वटा क्वारेन्टिनमा बस्दै आएका छन्।

क्वारेन्टिनमा बसेकामध्ये ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ।

प्रकाशित: Jun 15, 2020| 16:25 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।