शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा तीन स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

पर्सामा तीन स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

पर्सामा तीन स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीसहित १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फेला परेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- पर्सामा तीन स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीसहित १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फेला परेको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ९ जना विन्दवासनी गाउँपालिकाको क्वारेन्टिन र एक जना पटेर्वा सुगौली गाउँपालिकाको रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाको स्वास्थ्य प्रमुखसहित दुई स्वास्थ्यकर्मी र एक महिला कार्यालय सहयोगी छन्। अन्य पाँच जना केही दिनअघि भारतबाट फर्किएर गाउँपालिकाका वडा नम्बर ४ झौवागुठीमा निर्माण गरेको क्वारेन्टिनमा बसेका छन्।

क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी र कार्यालय सहयोगीसहित भारतबाट आएकाको गत जेठ २६ स्वाब संकलन गरिएको थियो। संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ।

प्रकाशित: Jun 15, 2020| 16:21 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।