काठमाडौं- रौतहटमा थप ९८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालय, रौतहटका अनुसार यमुनामाइ गाउँपालिकाका ४७ जना, इशनाथ नगरपालिकाका ३३ जना, राजदेवी नगरपालिकाका ९ जना, राजपुर नगरपालिकाका ८ जना र फतुवा विजयपुर नगरपालिकाका १ जना छन्।
योसँगै रौतहटमा कुल संक्रमितको संख्या आठ सय ६९ पुगेको स्वास्थ्य कार्यालय प्रमुख महेश साहले जानकारी दिएका छन्।