काठमाडौं- शुक्रबारयता स्थिर रहेको सुनको मूल्य सोमबार फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार सात सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक हो।
गत शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुन आइतबारसम्म सोही मूल्यमा किनबेच भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य पनि सय रूपैयाँ बढेको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय ६५ रूपैयाँ पुगेको छ।
यसअघि आइतबार यसको मूल्य ८९ हजार एक सय ६५ रूपैयाँ तोकिएको थियो। तेजावी सुनको मूल्य पनि शुक्रबारयता स्थिर नै थियो।