सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लकडाउनयता निक्षेप ८७ अर्बले बढ्यो, कर्जा प्रवाह २९ अर्बले घट्यो, बैंकर भन्छन्– नाफामा असर पर्छ

लकडाउनयता निक्षेप ८७ अर्बले बढ्यो, कर्जा प्रवाह २९ अर्बले घट्यो, बैंकर भन्छन्– नाफामा असर पर्छ

गत चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) भएयता बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने तथा ऋण प्रवाह घट्ने क्रम बढिरहेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- गत चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) भएयता बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने तथा ऋण प्रवाह घट्ने क्रम बढिरहेको छ।

नेपाल बैंकर्स संघका अनुसार गत चैत मसान्तदेखि जेठ मसान्तसम्म बैंकको ऋण २९ अर्ब रुपैयाँले घटेको छ भने निक्षेप ८७ अर्बले बढेको छ।

सीसीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ७९ प्रतिशतको हाराहारीमा पुग्दा बैंकहरुले थप कर्जा प्रवाह गर्न सक्दैनन्, जसको कारण ‘क्रेडिट क्रन्च’ को समस्या हुन्छ।

निक्षेपको तुलनामा ऋण विस्तार बढ्दा लकडाउनअघि ७८/७९ प्रतिशतको हाराहारीमा रहेको सीसीडी रेसियो अहिले ७३/७४ प्रतिशतमा पुगेको बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताएका छन् । नेपाल राष्ट्र बैंंक अनुसार सीसीडी रेसियो ८०ः२० हुनुपर्छ।

दाहालका अनुसार गत साता निक्षेप ८४ अर्ब र कर्जा प्रवाह २२ अर्बले घटेको थियो। पछिल्लो एक सातामा भने निक्षेप करिव तीन अर्ब रुपैयाँले बढेको र ऋण १ अर्ब रुपैयाँले घटेको छ।

मासिक तलब र रेमिट्यान्सको रकमले ऋण तिर्दा यो अवधिमा २९ अर्ब रुपैयाँ ऋण घटेको दाहालले जानकारी दिए।

चालु आर्थिक वर्षमा भने बैंकहरुको कुल निक्षेप ३ खर्ब ९८ अर्ब रुपैयाँले बढेको छ भने ऋण ३ खर्ब १८ अर्ब रुपैयाँले बढेको संघले जनाएको छ ।

पछिल्लो समयमा बैंकहरुलाई निक्षेप बढ्दा र कर्जा घट्दा समस्या पर्न थालेको छ। कर्जा प्रवाह नहुँदा सर्वसाधारणको निक्षेपको ब्याज तिर्ने रकम कसरी आम्दानी गर्ने भन्ने समस्याले बैंकलाई पिरोल्न थालेको छ।

झनै नेपाल राष्ट्र बैंकले चैतमा कायम भएको ब्याजदरमा दुई प्रतिशत विन्दुले घटाउन बैंकहरुलाई निर्देशन दिएको छ। ऋणको ब्याज घट्ने र निक्षेपको ब्याजदर यथास्थितिमा हुँदा बैंकहरुको ‘कस्ट अफ फन्ड’ उच्च हुन्छ, जसले उनीहरुको नाफामा नराम्रोसँग असर पुग्ने बैंकरहरु बताउँछन् ।

प्रकाशित: Jun 15, 2020| 11:28 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्