बुधबार, चैत ११, २०८२

प्रधानमन्त्रीद्वारा वैकल्पिक सिकाइको शुभारम्भ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भ गरेका छन्। नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रमले वैकल्पिक सिकाइको शुभारम्भ गरेका हुन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

प्रधानमन्त्रीद्वारा वैकल्पिक सिकाइको शुभारम्भ (भिडियो)

National life

कोरोना भाइरस संक्रमणका कारण विद्यालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ सुरु गरिएको हो।

केही स्थानमा पढाइ सुरु भइसकेको छ भने केही ठाउँमा आजदेखि पठनपाठन सुरु हुन लागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो। सोहीअनुसार शिक्षण सिकाइ सुरु गरिएको हो।

निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठ प्रसारण हुन थालेका छन्।

Laxmi sunrise bank
kumari

बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि स्थगित पठनपाठन र परीक्षा कहिले सुरु हुने टुंगो छैन।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन्।

रेडियो र टेलिभिजनबाट पढाइ (तालिकासहित)

प्रकाशित: Jun 15, 2020| 10:34 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्