सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयललाई महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयललाई महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ।

बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका– ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई एक लाख ५० हजार रुपैयाँका दरले तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन्।

बिहीबार भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए।

त्यसैगरी शुक्रबार बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए। उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Jun 15, 2020| 07:38 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्